ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यो बर्षको बजेट स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी हुन सक्ने अनुमान

काठमाडौं जेठ १४ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट आर्थिक वर्ष २०७८ / ७९ का लागी १६ खर्बभन्दा बढी बजेट सार्वजनिक गर्ने छन् ।

संवैधानिक व्यवस्था अनुसार संसदमा पेस हुनु पर्ने बजेट अध्यादेश जारी गर्दै अर्थमन्त्री पौडेलले एक कार्यक्रमबीच पढ्ने छन् । अहिले देशमा कोरोना महामहारी तीव्र रुप लीईरहेकोले सबै भन्दा पहिलो प्राथमिकतामा स्वास्थ्य रहेको छ । त्यसैले यो बर्ष स्वास्थ्थ क्षेत्रमा करिब एक खर्ब भन्दा बढी बजेट आउने छ ।

कोभिड१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने छ । स्वास्थ्यले ६३ अर्बको बजेट सिलङ पाएको थियो । तर कोभिड संकटका कारण यसको रोकथाम, उपचार, नियन्त्रणका लागि बजेटको आकार बढ्ने अनुमान छ।

यो बर्षको बजेटमा स्वास्थ्यकर्मीको कोभिड भत्ताका विषय पनि समावेश भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *