ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको उपचारको क्रममा लाग्ने सम्पुर्ण खर्च दुर्गा प्रसाईले ब्यहोर्ने

काठमाडौं जेठ १५ । बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका उज्जल थापाको सम्पुर्ण खर्च प्रसाईले बेहोर्ने प्रतिबद्धता गरेका छन्। स्वास्थ्य अवस्था धेरै नै नाजुक बन्दै गएपछि थापाको हाल एक्मो मेसिनबाट उपचार सुरू गरिएको छ।बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको अवस्थामा वा नाजुक भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि एक्मो उपचार पद्धतिको प्रयोग गरिन्छ।यो उपचार पद्धति धेरै महंगो छ।

थापालाई उनले नेपालको गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ता भन्दै विज्ञप्तिमा उल्लेख गरेका छन् । विएण्डसी हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मृत्युवरण गर्न नपरोस भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा उपचारत थापाको सम्पूर्ण खर्च बिएण्डसी हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने उल्लेख गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्तिले आलोक सुवेदीको नाममा रहेको कुमारी बैंक मैतीदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा सहयोग गर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *