ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केपी ओली गणतन्त्रको विरोधी भन्दै बामदेव गौतमले भने गिरिजा, माधव र प्रचण्ड गणतन्त्रको महानायक

काठमाडौं जेठ १५ । नेकपा एमालेका नेता बामदेव गौतमले नेपाली काँग्रेसका त्तकालिन सभपति गिरिजा प्रसाद कोइराला, नेकपा (एमाले) का त्तकालिन महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)लाई गणतन्त्रको महानायक भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिदैं एमालेका नेता वामदेव गौतमले नेपाली काँग्रेसका त्तकालिन सभपति गिरिजा प्रसाद कोइराला, नेकपा (एमाले) का त्तकालिन महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)लाई गणतन्त्रको महानायक भएको बताएका हुन् । उनको भनाई छ – पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको खुलासा गरेका छन्।

गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै गौतमले पार्टी केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्ने भनी आफूले लिखित प्रस्ताव गरेको बताउँदै तीन नेता गणतन्त्र विरोधी रहेको बताएका हुन्। उनको भनाई छ-‘वि.सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’ उनले झापा आन्दोलनका नेताहरु भने गणतन्त्रको पक्षमा नरहेको समर्त जनाएका छन् ।

उनको भनाई छ -‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ यद्यपी उनले प्रधानमन्त्री ओलीको नाम भने खुलाएका छैन्न् । यस्तो छ गौतमको विज्ञप्ती गणतन्त्र दिवस जिन्दावाद ! आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु।

नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो।

उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ। विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं। वामदेव गौतम उपाध्यक्ष नेकपा (एमाले) संयोजक पार्टी एकता राष्ट्रीय अभियान १५जेठ२०७८ गणतन्त्र दिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *