ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७८/७९ बजेट: खोप कि निर्वाचन प्राथमिकता कहाँ ?

काठमाडौं जेठ १५ । आज अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछन् ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । यो पटकको बजेट कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने अनुमान गरिएको छ ।

त्यस्तै सरकारले प्रतिनिधि सभा भङ्ग गरेर निर्वाचनको समेत घोषणा गरेका कारण मतदाता मुखी बजेट आउने समेत अनुमान गरिएको छ । संसद नभएपछि बजेट समेत अध्यादेशमार्फत  ल्याइँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *