ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ सय ३० जना कैदीलाई आम माफी

काठमाडौ जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० जना कैदीहरूको कैद माफी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले १३ जेठको मन्त्रिपरिषद्को सिफारिसअनुसार १५ जेठदेखि लागू हुने गरी ४ सय ३० जना कैदीलाई माफी दिँदै कैद मिनाहा गरेकी हुन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको सहायक प्रवक्ता राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *