ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट संवैधानिक इजलासमा बहस सुरु, पहिलेको भन्दा रिट धेरै भएपछि सुरुमै लगाइयो टाइम कार्ड

काठमाडौं,जेठ १४ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ । सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।

यो संगै सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र सम्शेर जवराको नेतृत्वमा पाँच सदस्य संवैधानिक इजलास गठन भएको छ । जसमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरेका छन् । जसमा १९ वटा रिटका लागि सामान्य इजलासको माग भएको थियो भने ११ वटामा संवैधानिक इजलासको माग गरिएको थियो ।

तर बिहिबार प्रधानन्याधीसको एकल इजलासले १९ वटा रिटलाई पनि संवैधानिक इजलास पठाउने फैसला गरेको थियो । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट सुनुवाइको आठौं क्रममा राखिएको छ । यसरी रिट तथा बहस कर्ताको सङ्ख्या धेरै भएपछि बहका लागि अधिवक्ताका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।

वैकल्पिक प्रधानमन्त्रीमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो । भने एमिकस क्युरीको समेत राय लिइएको थियो । उक्त समयमा सरकारको कदमका विरुध १३ वटा रिट निवेदन दर्ता भएका थिए ।

पौस गते प्रतिनिधि सभा विघटन विरुधका १३ मुद्दाको बहस पौस आठ गते देखि फागुन ८ अर्थात पुरा दुई महिना बहस भएको थियो । यो पटक मुद्दाको सख्या तथा बहस कर्ताको समय समेत धेरै भएका कारण अन्तिम फैसला केही ढिला आउने अनुमान समेत सुरु भएको छ । तर अदातलते बहस कर्ताका लागि दश मिनेटको मात्र समय भने दिएको छ ।

पहिलो पटकको संसद विघटनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीसहितको संवैधानिक इजलास गठन भएको थियो भने अहिले जसमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

त्यस्तै एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली थिए भने सर्वोच्च अदालत बारको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठक संग्रौला थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *