ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमानको अनुरोध सतर्क रहनुहोस

काठमाडौं,जेठ १४ । बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरब सागरमा विकसित ताउ ते चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावका कारण शुक्रबार सुदूरपश्चिमबाहेकका प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने केही स्थानमा मात्र मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । हाल नेपालमा यास चक्रवात पश्चिमउत्तर पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ ।

त्यसैले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । यो अवस्थासँगै धेरै स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो र राति प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ ।

यसैगरी उच्च हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । केही स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

शनिबार पनि प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने साथै आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने महाशाखाले बताएको छ ।तर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मात्र रहेको छ ।

यास चक्रवातको प्रभावका कारण परिवर्तन भएको मौसमले क्षति पुर्याउन सक्ने भन्दै मौसमविदहरुले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन र तटीय क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *