ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनले अनुदानमा उपलब्ध गराउने १० लाख डोजमध्ये २ लाख तीब्बत हुदै आइतबार नेपाल भित्रिने

काठमाडौ,जेठ १४ l चीनले अनुदान स्वरुप उपलब्ध गराउन लागेको कोरोना विरुद्धको १० लाख डोज खोपमध्ये २ लाख डोज आइतबार नेपाल आइपुग्ने छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले भर्चुअल माध्यमबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दुई लाख डोज तिब्बतबाट आइतार नेपाल भित्रिने जानकारी दिशए भने बाँकी आठ लाख डोज जुुन १ तारिखसम्ममा आइपुगिसक्ने बताए ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिजफिङबीच लामो टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *