ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भेरी अस्पतालका चिकित्सक माथि आक्रमण गर्नेलाई कडा कार्बाही गर्न मन्त्रालयको आग्रह

काठमाडौ,जेठ १४ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा बिहीबार राती भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

स्वास्थ मन्त्रालयले शुक्रबार भेरी अस्पतालमा घटेको घटना सम्बन्धि एक सुचना जारी गर्दै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

मन्त्रालयले कुनै पनि बाहानामा स्वास्थ्यकर्मीमाथि हुने गैरकानुनी अमानवीय गतिविधिहरुमा शून्य सहनशीलता राखी कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि संहिता २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा भन्दा कडा कारबाहीको प्रबन्ध गर्न समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।

कोरोना महामारीमा आफ्नो पेशागत धर्ममा रहेर पछि नहटी अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि यस्तो घटना घटनु लज्जास्पद भएको मन्त्रालयको ठहर छ।

मन्त्रालयले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन सबैलाई अपिल समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *