ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिकित्सक संघले भन्यो : बिहिवार राति भेरी अस्पतालमा घटेको घटना कालो दिन,कालो पट्टि बाधेर काम गरौं

काठमाडौं ,जेष्ठ १४ । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राती भएको घटनालाई कालो दिन भनेर घोषणा गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति निकाल्दै बिहीबार राती भेरी अस्पतालमा घटेको घटनालाई कालो दिन घोषणा गर्दै सबै स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न समेत अपिल गरेको हो।

कोरोना महामारीको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि अग्रपंक्तिमा रहेर उपचारमा खटिरहेको अवस्थामा उनीहरु माथि दुुर्व्यवहार र कुटपिट जस्ता घटनाहरु प्रती नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको बताएको छ ।

संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुन अनुसार कारबाही गर्न माग समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *