ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना महामारीमा प्रदेश दुई सरकारको ‘दमकल मोह’

जनकपुरधाम,जेठ १४ । कोरोना महामारीले आक्रान्त भएको समयमा स्वास्थ्य सामग्री तथा भेन्टिलेटर तथा आइसियु निर्माणमा जोड दिने वेला प्रदेश दुई सरकारले भने दमकल किनेको भन्दैं आलोचना सुरु भएको छ ।

कोरोना महामारीले आक्रान्त भएको तथा भारतसंग खल्ला सिमाना भएका जिल्लाहरुमा कोरोना नियन्त्रणमा ध्यान दिनु पर्नेमा दमकल किनेको भन्दै आलोचना भएको हो । प्रदेश सरकारले एउटा दमकलको मूल्य झण्डै ५३ लाख रुपैयाँ पर्ने ९ बारुण यन्त्र (दमकल) किनेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा दमकल खरिद गरेको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले जानकारी दिए ।

उनका अनुसार खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई उपलब्ध गराइनेछ । ‘प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई एक–एक वटाका दरले दमकल उपलब्ध गराइनेछ,’ प्रवक्ता कुसवाहाले भने, ‘एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइनेछ ।’ यस अघि प्रदेश सरकारले आठ महिना अघि केनेका ५ वटा समेत सन्चालन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *