ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज भारी बर्षाको संभावना

काठमाडौं जेठ १४ । यास् (YAAS) चक्रवातका कारण आज दिनभर भारी बर्षा हुन सक्ने अनुमान  मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा उच्च बेगको हावाहुरी चल्ने तथा केही स्थानमा अती भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

अहिले देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आज देशभर बदली रही धेरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा र उच्च बेगको हावाहुरि चल्ने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हिमपात तथा वर्षा हुने छ । त्यस्तै गण्डकी, बागमती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमारी भेगमा भारी हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *