ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको नेपाल बारको ठहर

काठमाडौं जेठ १३ । नेपाल बार एशोसियनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएको छ ।

नेपाल बारले आज विज्ञप्ती जारी गर्दैं संवैधानिक प्रक्रिया नै नपुर्‍याई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबाट भएको संसद विघटन असंवैधानिक भएको ठहर गर्दै संविधानकै भविष्यमा चिन्ता व्यक्त गरेको छ

संविधानको धारा ७६ (३) अनुसार चयन भएका प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत नै नलिई धारा ७६(५) अनुसार सरकार गठनका लागि सिफारिस गर्नु गैरसंवैधानिक भएको बारको ठहर छ ।

त्यस्तै धारा ७६ (५) को सरकार गठनका लागि एक दिन पनि समय नदिनु र विपक्षी गठबन्धनले पेश गरेको दाबीलाई बेवास्ता गरेर प्रतिनिधिसभा विघटनमा लैजानु आपत्ति जनक काम भएको बारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *