ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार

काठमाडौं जेठ १३ । आज शेयर कारोबार रकम हालसम्मकै उच्च भएको छ । सेयर बजारमा  सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा झरेपनि कारोबार भने उच्च भएको हो ।

२ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो  । यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ ।

कारोबार रकममा अपी हाइड्रोपावर अगाडी छ । जसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावरको बढी कारोबार भएको छ ।

तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको  छ । आज हाइड्रोपावर कम्पनीहरु चम्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *