ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोभ्याक्सको विकल्पमा कुन कुन खोप सिफारीस भए ?

फाइल तस्विर

काठमाडौं ,जेष्ठ १३ । कोभ्याक्सले नेपाललाई उपलब्ध गराएको कोभिसिल्ड खोप भारतले तत्काल नदिने भएपछि नेपाललाई कोभ्याक्सले अन्य खोप छान्न पत्राचार गरेको थियो ।

आज बसेको बैठकले नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ । नेपालले कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिएको छ ।

पहिलो विकल्प एस्ट्राजेनेका रहेको त्यो खोप भए थप तयारी गर्न नपर्ने र त्यो सम्भव नभए जोन्सन एण्ड जोन्सन नै भएपनि ठिक छ हुने बताएको छ। कोभ्याक्ससँग पहिलो चरणमा कम्तिमा १० लाख भएपनि एस्ट्राजेनेका नै चाहिने बताइएको छ ।किनकि नेपालमा ६५ वर्षमाथिका करिब १५ लाख नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाइसकेका छन् उनीहरूलाई दोस्रो डोज लगाउन ढिला भइसकेको छ ।

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *