ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जनतालाई घरमा थुनेर सडकमा हामीलाई उत्रन नैतिकताले दिदैन- सभापति शेरबहादुर देउवा

काठमाडौं जेठ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको सर्वोच्च अदालतले उल्टाइ दिने विश्वास लिएका छन् ।

नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताए ।

कोरोना महामारीका कारण जनतालाई घरभित्र थुनेर आफुहरु सडकमा जान नैतिकताले नदिने भन्दै देउवाले  ओलीको कदम विरुध सामाजिक सञ्जाल तथा मिडियाबाटै बहस चिर्ने समेत बताएका छन् । उनको भनाई छ- ‘अहिले कोरोनाका कारण सडकमा जान सकिएको छैन, यस्ता बेलामा झन् कोभिड फैलिन्छ, त्यो अपराध गर्नुहुन्न, हाम्रो पनि मानवीय दायित्व हुन्छ’ उनले भने ‘त्यसैले मैले जनतामा नजाऔं भनेको छु ।’

राष्ट्रपतिले संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा साथ दिन नहुने देउवाले उनको भनाई छ ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग¥यो ग¥यो, राष्ट्रपतिले गर्न हुन्थेन’ उनले भने ‘त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’ उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *