ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खाध्यान्न सामग्री किन्ने अन्तिम दिन -बजारमा मानिस को भिड

काठमाडौं जेठ १३ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यलयले निषेधाज्ञालाई कडा गर्ने भन्दै खाध्यान्न पसल समेत बन्द गर्ने निर्णय गरेको छ ।

सोही आधारमा प्रशासन कार्यलयले सामान खरिदका लागि आजसम्मको समय पछि अत्यावस्यक सामग्री पाउने पसलमा बिहिबार बिहानै देखि भिड बढेको छ । प्रशासनले नै एक हप्ताकासम्मका लागि सामान खरिद गर्नकालागि उर्दी जारी गरेपछि बजारमा यसको प्रभाव देखिएको छ ।

तर यसका लागि चौतर्फी आलोचना समेत सुरु भएको छ । कोरोना निर्यन्त्रणमा प्रभावकारी भूमिका खेल्नु पर्ने ठाउँमा जनतालाई त्रास थपेको भन्दै आलोचनासमेत सुरु भएको हो ।

खोपको व्यवस्थापन गर्दैं वितरण प्रणाणलीमा सहजता ल्याउनु पर्ने ठाँउमा अझ जनतालाई त्रसिद बनाउने काम गरेक आरोप लगाएका छन् । निषेधाज्ञा जारी भएको एक महिना पुरा हुदाँपनि कोरोना नियन्त्रण नभएको भन्दै निषेधाज्ञालाई कडा बनाउने निर्यण उपत्यकाका प्रशासनले गरेका हुन् ।

यस्तो अवस्थामा खाध्य बस्तुको सहज आपुर्ति गर्ने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *