ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाका कारण मृत्यु

काठमाडौ जेठ १३ । कोरोना संक्रमणका कारण सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

मल्लको उपचारका क्रममा काठमाडौं राति ११ बजे मृत्यु भएको उनका भतिजा रुपक मल्लले जानकारी दिए । पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित थिए ।

मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *