ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोकपको लागि नेदरल्याण्डको अन्तिम टोली घोषणा

एजेन्सी जेठ १३। युरोकप २०२० का लागि नेदरल्याण्ड्सले राष्ट्रिय टोली घोषणा गरेको छ ।मुख्य प्रशिक्षक फ्रांक डे बोएरले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नियमित कप्तान भर्जिल भान डाइकले चोटका कारण युरोकप नखेल्ने घोषणा गरेपछि अब नेदरल्याण्ड्सको कप्तानी जर्जिनिओ विज्नाल्डमले गर्ने सम्भावना छ । सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्सले युरोकपमा पुनरागमन गर्दैछ । डच टोलीले समूह चरणमा युक्रेन, अष्ट्रिय र नर्थ मेसेडोनियासंग खेल्नेछ ।

युरोकपको १६औं संस्करणको युरोपका विभिन्न ११ देशमा यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

२६ सदस्यीय डच टोली

गोलकिपर : ज्यास्पर सिलेसन, टिम क्रुल, मार्टेन स्टेकेलनवर्ग

डिफेण्डर : डाले ब्लाइन्ड, स्टेफान डे भ्रिज, जोएल भेल्टम्यान, माथिस डे लिट, नाथन एके, डेन्जेल डुमफाएर, प्याट्रिक भान अनहोल्ट, ओवेन विन्डल, जुरिन टिम्बर

मिडफिल्डर : जर्जिनिओ विज्नाल्डम, फ्रेन्की डे जोङ, डेभ् क्लासेन, मार्टेन डे रुन, डोनी भान डे बिक, राएन ग्राभेनबर्च, टिउन कुपमेइनर्स

फरवार्ड : मेम्फिस डिपाए, क्विन्सी प्रोम्स, लुक डे जोङ, स्टेभेन बर्गुइस, डोनयेल मालेन, वउट वेघोस्र्ट, कोडी गाक्पो

Leave a Reply

Your email address will not be published. Required fields are marked *