ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युइएफए युरोपा लिग युनाईटेडलाई हराउँदै भिल्लारियाल च्याम्पियन

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडलाई हराउँदै स्पेनिस क्लब भिल्लारियालले युरोपा लिगको उपाधि उचालेको छ ।

सडेन डेथमा युनाइटेडलाई ११–१० ले स्तब्ध बनाउँदै भिल्लारियालले उपाधि उचालेको हो । रोमाञ्चक जित निकालेको भिल्लारियालले क्लबको इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि उचाल्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरित्त समय तिर धकेलिएको खेलमा कुनै गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा दुवै टोलीका सुरुवाती १०–१० प्रहार गोलमा परिणता भएका थिए । त्यसपछि गोलकिपरले सडन डेथमा प्रहार गर्नुपरेको थियो । एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियाल उपाधिकको हकदार भएको हो । यस अघि भिल्ला रियालले २९ औं मिनेटमा जेरार्ड मोरेनोको गोलमा सुरुआती अग्रता बुनेको थियो ।

पहिलो हाफमा पछि परेको युनाईटेडले दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गर्दै खेलमा फर्किन सफल भएको थियो । ५५ औं मिनेटमा एडिन्सन काभानीले बराबरी गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए ।

यस सँगै युनाईटेड पछिल्लो चार वर्ष उपाधि नजिक पुगेर पनि उपविजेतामा खुम्चिनु प¥यो भने पहिलो पटक युरोपा लिगको उपाधि जितेको भिल्ला रियालले उपाधिको खडेरी तोड्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *