ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटनको कदम विरुध एक हुन नेपाल समुहका १५ नेताको अपिल

काठमाडौं जेठ १२ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैली विरुध एक भएर लड्ने जनाएका छन् ।

ओलीको कारवाहीलाई वितन्डाको सज्ञा दिएका नेताहरुले क ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय भएको दावी गरेक हुन् । उनीहरुले प्रतिनिधिसभा विघटन स्वेच्छाचारी र प्रतिगमनकारी कदम भएको भन्दै त्यस तर्फ समेत आन्दोलन गर्ने जनाएका छन् ।

उनीहरुको भनाई छ- , ‘प्रतिनिधिसभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले यसको विरोधमा आवाज उठाउनु प्रत्येक लोकतान्त्रिक देशभक्त राजनीतिकर्मीको कर्तव्य हो ।’ उनीहरुले थपेका छन् ‘प्रधानमन्त्री ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ ।

यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *