ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दुई राष्ट्रपतिको ४० मिनेटको फोन बार्ता: चीनले १० लाख खोप दिने

काठमाडौं जेठ १२ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदका लागी सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको थियो ।

कोरोनाबाट बाट नेपाली जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेकोले नेपाली जनतालाई आवश्यक पर्ने कोरोना विरुद्धको खोप खरिदका लागी आफु इच्छुक रहेकोले सहजीकरण गरिदिन राष्ट्रपतिलाई आग्रह गरेकी थिइन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *