ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमित र निको हुने संख्या बराबर

काठमाडौं जेठ १२ ।देशभरका विभिन्न स्थानबाट गत चौबीस घण्टामा ६ हजार ७ सय १६ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ७६ दशमलव ९ रहेको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिजेन ३ सय २२ र पिसिआर विधिबाट १९ हजार ३० नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १४ सय ९३ जना सहित देशभर ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण थप १ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ६ हजार ८ सय ४५ जनाले ज्यान गुमाएका छन्।

महामारीको समयमा सुचना, जानकारी र भीडियोहरु तथ्थ्यको आधारमा मात्र पोष्ट गर्नु पर्छ । यसले नराम्रो असर पार्न सक्ने भएकोले सचेत हुनु आवश्यक छ । यस्तो समयमा सञ्भार माध्यमको भुमीका महत्त्वपुर्ण हुने भएकोले तथ्यमा आधारीत भइ सुचना दिन स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलीयाले बताइन ।

अहिले कोरोना संक्रमितले अनावश्यक औषधी सेवन गरेको पाइएकोले चीकित्सकको परामर्श विना औषधीहरुको सेवन नगर्न मन्त्रालयले आग्रह गरेको छ । देशभर संक्रिय संक्रमित १ लाख १७ हजार ७७ जना सहित क्वारेन्टिनमा ८ सय ३५ जना रहेका छन् ।देशभर आसियुमा १६ सय ७१ जना सहित भेन्टिलेटरमा ४ सय ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *