ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज २५६५ औं बुद्ध जयन्ती,सामान्य रुपमा मनाइदै

काठमाडौं, जेठ १२ । आज वैशाख पूर्णिमा २५६५ औं बुद्ध जयन्ती, हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना मनाइँदैछ ।

आजकै दिन भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् । बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो ।

गत वर्ष पनि बन्दाबन्दीको कारण पूजापाठमा मात्र सीमित भएको थियो भने यो वर्ष कोरोनाका कारण लुम्बिनीमा २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ बाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ

कोरोना महामारीका कारण स्वदेश र विदेशबाट राष्ट्रप्रमुख, भिक्षु भिक्षुणी, कूटनीतिज्ञ र बौद्ध धर्मावलम्बीहरु सहभागी हुन नसक्ने भएकाले पूजापाठ र दीप प्रज्ज्वलन गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवी मन्दिर परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश वाचन र परित्राण पाठ तथा साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *