ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुरमा अग्रपंत्तिमा खटिएर काम गर्नेहरुलाई यही १२ गते देखि कोभिसिल्ड खोप लगाउदै

काठमाडौं ,जेष्ठ ११ । ललितपुर स्वास्थ्य कार्यालयले कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा रहेर सेवा प्रदान गरीरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाइकर्मी लगायतलाई बुधबारदेखि खोप लगाउन सुरु गर्ने भएको छ ।

जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप दिने निर्णय गरेको हो ।

अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने र स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीहरुलाई जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरमा बिहान १० बजेदेखि खोप लगाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *