ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खनाल नेपाल सहित ११ जना पार्टी सदस्य समेत नरहने: १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने

जेठ १०, काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठकले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ताको छलफल भएको छ । सोमबारकै बैठकले वरिष्ठ नेताहरु माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *