ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य संकटकाल लगाउने विषयमा स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको _स्वास्थ्यमन्त्री त्रीपाठी

काठमाडौ,जेठ १० l स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटको क्रममा मन्त्री त्रीपाठीले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको समेत जानकारी दिए।

मन्त्री त्रिपाठीले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहज होस् भनेर नै अध्यादेश ल्याइएकोले अध्यादेश अनुसार काम अगाडि बढाउने समेत जानकारी दीए ।

अहिलेको समयमा खोप नै प्रमुख औझार भएकोले सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल भइरहेको बताए ।

खोप खरिदका लागी ब्यक्तिगत ,राजनैतिक, कुटनीतिक पहलहरु समेत भइरहेको बताए ।

अहिले देशमा राजनितिक हलचहल भइरहेको छ यसले केहि असर त गरेको छ तर स्वास्थ्य मन्त्रालयले महामारी नियन्त्रणमा केन्द्रित रहेको समेत बताए ।

पहिले कोरोना रोकथाम र नियन्त्रण गरौं त्यसपछी राजनितिक लडाइ लड्दै गरौला समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *