ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा तेस्रो लहर कात्तीक,मंसिरमा आउन सक्ने अनुमान

काठमाडौ,जेठ १० l नेपाल यतीबेला कोरोना महामारीको दोश्रो लहरको चलीरहेको छ । यो पहिलेको भन्दा तीव्र र घातक भएकोले संक्रमणका कारण दैनिक सयौंले ज्यान गुमाएका छन् भने हजारौं संक्रमित त्यसमा पनि जटिल बिरामीको संख्या बढ्यो ।

संक्रमित संख्या ह्वात्तै बढ्दा सिमित स्रोत र साधन भएकाले हाम्रो स्वास्थ्य प्रणालीले धान्ने नसक्ने अवस्था सिर्जना भयो जटिल बिरामी थपिएकाले अक्सिजन अभावमा कतिले ज्यान गुमाए भने बेर्ड अभावमा अस्पतालको क्षमता भन्दा बढी
बिरामी उपचार गर्नु पर्दा अस्पतालको आँगन,पेटिमा राखेर उपचार गर्नुपर्ने बाध्यता भयो ।

त्यसकै बिच विश्व स्वास्थ्य संगठनले नेपालमा कात्तिक र मंसिरमा तेस्रो लहर फैलीन सक्ने भन्दै चेतावनी दिसकेको छ ।जनस्वास्थ्य विज्ञहरुले पनि विगतको वर्षको अनुभव र भइरसको फैलावटलाई हेरेर अब नेपालमा तेस्रो लहर कात्तीक र मंसिरमा आउन सक्ने बताइरहेका छन् ।

कुनै पनि भाइरसले महामारीको रुप लियो भने त्यो म्युटेन हुने गर्छ । र त्यो केहीसमय उच्च विन्दुमा पुग्छ र ओरालो लाग्ने गर्छ । अहिले दोश्रो लहर सकिएपछी तेस्रो लहर आउन सक्ने जुन अनुमान गरीएको छ ।त्यो चाही भाइरसले स्वरुप परीवर्तन गर्छ र भेरियन्टहरु निर्माण हुन्छ ।

तर तेस्रो लहर आएपनि त्यसले कस्तो प्रभाव पार्छ भन्ने बारे अहिले अनुमान गर्न सकिदैन तर तेस्रो लहरमा जो बालबालीका छन् १८ बर्ष भन्दा कम उमेरकाहरुलाइ धेरै असर गर्न सक्ने भएकोले अली चनाखो हुनु आवश्यक रहेको जानकारहरु बताएछन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागी र तेस्रो लहर सँग जुध्नका लागी सरकारले अस्पताल बेर्ड,अक्सिजन लगायत अत्यावश्यक स्रोत साधनको जोहो गर्नु आवश्यक छ ।

विश्वस्वास्थ्य संगठन र विज्ञहरुको सुझाब र चेतावनीलाई नजरअन्दाज गर्दै सरकारले अझै पनि ध्यान नदिने र राजनीतिक खेलमा नै सिमित हुने हो भने अवस्था सोचेभन्दा बाहीर जानसक्ने जानकारहरु बताउछन्।

गत बर्षको कोरोना संक्रमण फैलावटलाइ हेर्ने हो भने पनि कात्तीक र मंसिरमा तेस्रो लहर सुरु हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेल बताउछन्। तेस्रो लहरमा बिशेष गरी खोप नलगाएका र प्रतिरोधीक्षकता कम भएकाहरु तेस्रो लहरबाट प्रभावीत हुन सक्ने बताएका छन्।

पोहोर जेठमा प्रधानमन्त्रीले हाम्रो प्रतीरक्षा प्रणाली राम्रो छ नेपालमा कोरोना अन्य मुलुकमा जस्तो फैलिन सक्दैन यदी कसैलाई लागिहाले हाच्छ्युँ गरेर उडाउन सक्छ , त्यसपछी फेरी अम्बाको पात र बेसार पानीले कोरोना निको हुन्छ भन्ने कुरा त्यती नै आलोचीत बनेको थियो ।

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा व्यक्त गरेको धारणाले पनि कोरोना रोकथाम र नियन्त्रणमा सरकार त्यती गम्भीर भएर लागेको देखीदैन ।

पहिलो लहरमा विश्वका तुलनामा नेपालमा मानवीय क्षति कम र संक्रमित संख्या कम भइ जटिल खालका बिरामीको संख्या पनि कम देखिएकाले नागरिकहरुले र सरकार दुवैले कोरोनालाइ त्यती गम्भीर रुपमा नलिदा अहिले दोश्रो लहरबाट धेरै मानिसहरु प्रभावीत भएका छन् ।

अस्पतालहरुमा बेर्ड छैन,अक्सिजन अभाव छ,जनशक्तीको कमी छ,स्रोत साधन लिमिट मात्र छन् । त्यसले गर्दा उपचार सेवाबा६ मानिसहरु बन्चीत भइरहेका छन् भने कतीले उपचार नपाएर मृत्युवरण गर्नु परेको अवस्था छ ।

त्यसैले कोरोना रोकथाम र नियन्त्रणका लागी सरकरा नागरीक उत्तीकै जिम्बेबारी हुनु आवश्यक छ । जनताको ज्यान जोगाउने कुरा एक्लो स्वास्थ्यकर्मीहरुको मात्र नभइसरकारी पक्ष र सम्बन्धीत निकाएको पनि उत्तीकै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *