ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्वसांसद बस्नेतको कोरोना संक्रमणको कारण मृत्यु

भोजपुर,जेठ १० l भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

७४ वर्षीय बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे तीन बजे मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।बस्नेत नेकपा (एमाले) को तर्फबाट २०४८ सालको निर्वाचनमा  भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन् ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *