ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान म्यानचेष्टर सिटीका सर्जियो अगुएरोको नाममा

एजेन्सी , जेठ १० । प्रिमियर लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान म्यानचेष्टर सिटीका सर्जियो अगुएरोको नाममा लेखाउन सफल भएका छन्

। प्रिमियर लिगको अन्तिम खेलमा एभरटनलाई ५-० हराउँदा सिटीका सर्जियो अगुएरोकोले दुई गोल्ल गर्दै किर्तिमानी आफ्नो नाममा लेखाए । अगुएरोले सिटीका लागि १८४ गोल गरे ।

रुनीले म्यानचेष्टर युनाइटेडका लागि १८३ गोल गरेका थिए घरेलु मैदान एतिहाड स्टेडियममा भएको खलमा अगुएरो दोस्रो हाफमा रियाद महारेजको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले ७१औं र ७६औं मिनेटमा गोल गरे ।

सिटीले अन्तिम खेल जित्दै ३८ खेलबाट ८६ अंक जोड्यो । आइतबारै वल्भसलाई २-१ ले पराजित गरेको दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले ७४ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *