ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनको मृत्यु

काठमाडौ,जेठ ९ l पछील्लो समय बढ्दो कोरोनाका कारण चिकित्सकहरुको पनि मृत्यु हुन थालेको छ । हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा हुसेनको आइतबार निधन भएको हो नेपाल चिकित्सक संघले विज्ञप्ती नै जारी गरी डा मुराद हुसेनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

इमान्दार एवं लगनशील हाडजोर्नी रोग विशोषज्ञ चिकित्सकलाई गुमाउन पुगेको भन्दै संघले दुख समेत व्यक्त गरेको छ । कोरोना संक्रमणका कारण हालसम्म चार चिकित्सकको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुशार संक्रमणबाट कोरोना विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्की र डा मुराद हुसेनको निधन भइसको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *