ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो डोज खोप लगाएर संक्रमण भएको दुईदेखि चारहप्ता पछी दोश्रो डोज लगाउन सकिने

काठमाडौ,जेठ ९ l कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुमा पनि कोराना संक्रमण देखिएपछि दोश्रो मात्रा खोप लगाउने या नलगाउने र कहिले लगाउने भन्ने अन्यौल देखिएको छ ।

यो अन्यौल हटाउन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले गाइलाइन नै प्रकाशित गरेको छ ।त्यो गाइडलाइनमा पुन: संक्रमण हुन नदिन वा प्रतिरक्षाका लागि कोरोना संक्रमण पुष्टि भएकाहरुले पनि पूरै डोज लगाउनुपर्ने उल्लेख गरिएको छ ।

तर संक्रमण पुष्टि भएकै अवस्थामा वा आइसोलेसनमा बसेको समयमा भने भ्याक्सिनको दोश्रो डोज नलगाउन सुझाव दिइएको छ ।

आइसोलेसनमा बसेकाहरुलाई दोश्रो डोज खोप लगाउनुपर्ने समय पार गरीसेको भएपनि आइसोलेसन समय सकिने बित्तिकै दोश्रो डोज लगाउन सिफारिस गरेको छ ।

कोरोना संक्रमण भएको र लक्षण देखिन छाडेपछि सामान्यतया दुईदेखि चारहप्ता पछी दोश्रो डोज लगाउन सकिने विज्ञहरुको बुझाइ छ ।

कोरोना संक्रमण पुष्टि भएको मानिसले पहिलो डोज लगाउँदा भने तीन महिना पछी मात्र खोप लगाउन सुझाव दिने गरेको छ ।खोपको दुबै डोज पुरा गर्दा मानिसलाइ गम्भीर हुनबाट संरक्षण गर्ने भएकोले खोप लगाउन सकिने चिकित्सकहरु बताउछन्।

नेपालमा अहिले २ वटा खोपको प्रयोग भइरहेको छ । जसमा कोभिसिल्ड र भेरोसेल कोभिसिल्ड खोप आठ देखी १२ हप्ताको बिचमा लगाउनु पर्छ भने भेरोसेल चार हस्ताभित्र दोश्रो डोज खोप लगाउन सकिन्छ ।

सामान्यतया नेपालमा वितरण गरिएको कोभिशिल्ड खोपको दोश्रो डोज ६ देखि ८ हप्ताभित्र लगाउन सिफारिस गरिएपनि भ्याक्सिन उपलब्ध नभएका कारण यो अवधि नाघिसकेको छ ।

लाखौं व्यक्तिले पहिलो डोज लगाएर दोश्रो डोज कुरिरहेका छन् भने कतिपय पहिलो डोज लगाएपछि संक्रमित भइसकेका छन् ।कोरोना विरुद्ध निर्माण भएकमा खोपहर जनसोन एण्ड जोनसोन बाहेक सबै खोपहरु दुईवटा डोज लगाउनु अनिवार्य भएपनि एउटा डोजलेमात्र पनि केहीमात्रामा संरक्षण भने प्रदान गर्ने चीकित्सकहरु बताउछन्।

तर जोखिम न्युन गर्न भने दुबै डोज खोप लगाउनु आवश्यक रहेको विज्ञहरु बताउछन्।
पहिलो डोज लगाएपछि दोश्रो डोज लगाउन छुटेको अवधिपछि विरामी हुन सक्ने भएकोले त्यो अवस्था आउन नदिन छिटो दोश्रो डोज खोप लगाउनु पर्ने हुन्छ ।

दोश्रो डोज खोप लगाउन ढिलो भएको खण्डमा प्रतिरोध क्षमताको विकाशमा भ्याक्सिनले क्षमतामा प्रभाव पार्ने वा नपार्ने भन्ने बारे अहिलेसम्म अध्ययन अनुसन्धान भएको छैन ।

त्यसैले ढिलो डोज लगाएकाहरुबीच अध्ययन नगरीकन कुनै निष्कर्षमा पुग्न भने तत्काल सम्भव छैन । नेपालमा भने लाखौं मानिसहरु अहिले दोश्रो डोज खोपबाट बन्चीत भइरहेका छन् ।

अहिले संक्रमित संख्या र मृतकको संखया बढेसँगै मानिसहरुको खोप प्रतिको आकर्षक बढेको देखीन्छ । विभिन्न देशरुले गरेकव अध्यायन अनुसन्धानमा पनि कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेकाहरुमा गम्भीर बिरामी हुनुबाट रोक्नुका साथै मृत्युदर समेत कम गराएको छ ।

पहिले खोप लगाउन नमान्नेहरु अहिले खोप कहिले आउला र लगाउलन भनेर बसिरहेकव अवस्था छ ।नेपालमा पछील्लो समय तीव्र रुपमा फैलीएको कोरोनाको दोश्रो लहर नियन्त्रणका लागी सरकराको उदाशीनता र बढ्दो राजनितिक किचलोका कारण अहिले नेपालमा नो भ्याक्सिन नो भोट भन्ने अभियानहरु चल्न थालिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *