ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सबै स्थानिय तहमा १३ लाख एन्टिजेन किट पठाउदैं

काठमाडौ,जेठ ९ l स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले देशभरका ७ सय ५३ स्थानीय तहलाई कोरोना परीक्षणका लागि एन्टीजेन किट उपलब्ध गराउने भएको छ ।

पछील्लो समय बढ्दो संक्रमणदर र समुदायस्तरमा कोरोना फैलिएपछि स्थानीय स्तरमा पनि परीक्षण हुँदै आएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आपूर्ति व्यवस्थापन शाखाले १३ लाख किट स्थानिय तहमा पठाउन लागेको हो ।

प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयमार्फत देशभर एन्टीजेन किट पठाउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रत्येक स्थानीय तहलाई पहिलो चरणमा एक हजारका दरले किट पठाउने र पुगेन भने फेरी उपलब्ध गराउने छ ।

स्थानीय निकायले पहिलो चरणको परीक्षणको रिर्पोट पठाएर थप आवश्यक परे थप्न पनि सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *