ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीको वोली- चुनाव पहिले खोप देखि कांग्रेसको प्रचण्ड पथसम्म

काठमाडौं जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाउदैं ओलीले निर्वाचन अघि नै खोप पुर्याउने दावी गरे ।

उनले भने – ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याकमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’ उनले महामारीका समयमा राजनीतिक लुछाचुडी गर्नु भन्दाँ मिलेर काम गर्न आग्रह गर्दै हैशियत अनुसार मन्त्रालय बाडफाड गर्न समेत आग्रह गरे ।

उनले भने- ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’ त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रपति माथी उजुरी गर्न खोजेको भन्दै आक्रोष पोखे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने जिकिर गरे । उनको भनाई छ – ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ उनले कांग्रेसलाई प्रचण्ड पथमा हिडेको आरोप लगाउदैं माधवकुमार नेपालले नाङ्गो नाच देखाएको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *