ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकाले ३८ प्रतिशत नागरिकलाई पुर्ण खोप लगाइसक्य‍ो

एजेन्सी : अमेरिकाकाले ३८ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेको छ। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।

अमेरिकामा २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक डोज मात्रा खोप लगाएका छन्।

अमेरिकाको कुल जनसंख्या भन्दा बढी खोप आपूर्ति भइसकेको सरकारी अधिकारीले बताएका छन्। अमेरिकाले हालसम्म ३५ करोड ४९ लाख डोज खोप आपूर्ति गरिसकेको छ।

खोपलाई तिव्रता दिएसँगै कोरोनाबाट संक्रमण हुनेको संख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको अमेरिक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना कोरोना संक्रमित अस्पतालमा उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *