ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

काठमाडौ,जेठ ९ l नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ ।

विद्यालय, कलेज र विश्वविद्यालय बन्द छन् ।बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरूमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन ।

यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरूको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ ।

कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यावहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको बताए ।हामी डिग्री चाहन्छौँ, सीप चाहान्नौँ ।

अङ्क चाहान्छौँ तर संस्कार र नैतिकता चाहान्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो,’ उनले भने ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *