ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतीय भेरियन्ट’ नाममा भारतको आप्पति

एजेन्सी,जेठ ९ ।‘भारतीय भेरियन्ट’ नाममा भारत सरकारले आप्पति प्रकट गरेको छ । भारत सरकारको सूचना प्रौद्योगिकी मत्रालयले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको द्य.१.६१७ भेरियन्टलाई भारतीय भेरियन्ट नभनेकोले यसलाई भारतीय भेरियन्ट भन्न नमिल्ने भन्दै यस सम्बन्धी पोस्टहरू सामाजिक सञ्जालबाट हटाउन सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ।

शुक्रबार सूचना प्रौद्योगिकी मन्त्रालयले एक सरकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीहरुलाई यो आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आदेशमा भनिएको छ कि कम्पनीहरुले आफ्नो प्लेटफार्मबाट ती सबै कन्टेन्टलाई तुरुन्त हटाऊन्, जहाँ कोरोना भाइरसको भारतीय भेरियन्टको नाम प्रयोग गरिएको छ वा भारतीय भेरियन्टतर्फ इसारा गरिएको बिबिसले जनाएको छ ।

बयानमा भनिएको छ, यो हाम्रो संज्ञानमा आएको छ कि यसरी अनलाइनमा पोस्ट गरिएको छ कि भाइरसको भारतीय भेरियन्ट कैयौं देशमा फैलिइरहेको छ । जोन्स हप्किन्सको कोरोना ड्यासबोर्डका अनुसार संक्रमित कोरोनाको संख्याका आधारमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ।

कोरोना भाइरसको भेरियन्टलाई सबैभन्दा पहिले कहाँ भेटियो त्यसको आधारमा भेरियन्टको नाम दिने गरिन्छ । जस्तो कि ब्रिटानी भेरियन्ट र ब्राजिलमा देखिएको भाइरसको भेरियन्टलाई पनि स्थानीय नाम दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *