ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२९ खेलमा ४१ गोल गर्दै रोवर्ट लेवान्डोस्कीको नामम बुन्डेसलिगा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान

एजेन्सी, जेठ ९ । २९ खेलमा ४१ गोल गर्दै रोवर्ट लेवान्डोस्कीको नामम बुन्डेसलिगा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

यसअघि मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गरेका थिए । लेवान्डोस्कीले गत साता त्यो कीर्तिमान बराबरी गरेका थिए ।लेवान्डोस्की बुण्डेसलिगामा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् ।

उनले २७७ गोल गरेका छन् । गर्ड मुलरले सर्वाधिक ३६५ गोल गरेका छन् । अन्तिम मिनेटमा गोल गर्दै लेवान्डोस्कीले तोडे गर्ड मुलरको ४९ वर्ष पुरानो कीर्तिमान-रोवर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन ।

यसअघि नै च्याम्पियन भइसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा शनिवार ५-२ ले पराजित गर्दा लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गर्दै गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *