ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

“राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा!”

काठमाडौं,जेठ ८ । नेपाली काँग्रेसका नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले नभइ कामले आर्जन हुने भन्दै प्रधानमन्त्री ओलीलाई जवाफ दिएका छन् ।

ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आपत्ति जनाएका थिए ।

यसै सन्दर्भमा गगन थापाले भनेका छन् “राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!!

“सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।“

‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको भन्ने ओलीलाई थापाको प्रश्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *