ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटनको विरोधमा नेविसंघले गर्यौ भौतिक दुरीसहित प्रदर्शन

काठमाडौं जेठ ८ । नेपाल विद्यार्थी संघले प्रतिनिधिसभा विघटनको विरुध शनिवार प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको शनकलाई साथ दिदैं राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै आन्दोलनमा उत्रिएको नेविसंघका नेता सञ्जिव ढकालले जानकारी दिए ।

जनता कोरोना महामारीमा रहेको तर सरकार अनेकै राजनीतिक तिगडममा लागेकाकारण सांकेतिक रुपमा भौतिक दुरी कायम गर्दै प्रदर्शन गरेको नेता ढकालको भनाई छ ।

नयाँ सरकारका लागि आह्वान गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा दुई प्रस्ताव दर्ता भएका थिए । दुवै प्रस्तावमा बहुमत सांसदको हस्ताक्षर भएको भन्दै राष्ट्रपति भण्डारीले दुवैलाई खारेज गर्दैं प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *