ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल खनाल समुहको अनेरास्ववियूको विरोध कार्यक्रम सार्वजनीक
प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने

काठमाडौं जेठ ८ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलिनको कार्यक्रम घोषणा गरेका छन् ।

कोरोना महामारी र निषेधाज्ञाका विच उक्त विद्यार्थी संगठनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने विरोध कार्यक्रम सार्वजनीक गरेका हुन् ।

शनिबार माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *