ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गत चौबीस घण्टामा ८९८०संक्रमित,१२९ जनाको मृत्यु

काठमाडौ,जेठ ८ l आज देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिजेन र पिसिआर विधिबाट २० हजार १ सय ५ वटा नमुना परीक्षणमा देशभर ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न स्थानबाट कोरोनाका कारण थप १ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ६ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्।

गत चौबीस घण्टामा देशभरबाट ८ हजार ८ सय ४८ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ७५ दशमलव ८ रहेको छ ।

देशभर संक्रिय संक्रमित १ लाख १५ हजार ८ सय ६ जना सहित क्वारेन्टिनमा ८ सय ८६ जना रहेका छन् ।

देशभर आसियुमा १ हजार ७ सय ३२ जना सहित भेन्टिलेटरमा ५ सय २३जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *