ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना महामारीले मानसिक समस्याका बिरामी बढे

काठमाडौं,जेष्ठ ८ । पछील्लो समय मानसिक समस्या भएका मानिसहरुको संख्या बढीरहेको छ । त्यसमा पनि अहिले कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा निकै परिवर्तन भएको छ ।

संक्रमण बढेसँगै लामो समयसम्म लकडाउन, निषेधाज्ञा भइरहेको छ ।कोरोना महामारीका कारण खासगरी, व्यापार व्यवसाय ठप्प भएका र रोजगारी गुमेका व्यक्तिहरू र आर्थिक समस्या बढ्दै जादा पछिल्लो समय मानसिक समस्याबाट गुज्रीरहेका छन् । त्यसमा पनि अहिले मानिसहरु २४ घण्टामा १२ देखी १५ घण्टा सामाजीक सञ्जालमा झुन्डिरहेका हुन्छन् ।

अहिले दैनिक संक्रमित र मृतकको संख्या पनि त्यही अनुशार बढ्दो छ । नेपालमा मात्र नभई कोरोना महामारीपछि विश्वभरि नै मानसिक स्वास्थ्यका बिरामीहरुको संख्या दोब्बर वृद्धि भएको विभिन्न तथ्यांकले देखाएको छ । जसमा महामारीले निम्त्याएको असामान्य परिस्थितिका कारण बढ्दै गएको तनावलाई मानिन्छ ।

महामारीअघि जीवन सामान्य भएपनि संक्रमण बढ्दै जाँदा अनिद्रा, चिन्ता, एन्जाइटी, डिप्रेसनजस्ता समस्या धेरैमा देखिन थालेको मनोरोग बिशेषज्ञ डा रितेष थापा बताउछन्। कोरोना महामारीले अहिले नेपाल मात्र हैन विश्वलाइ नै आक्रान्त बनाइरहेको छ ।अहिले हामी निषेधाज्ञाका कारणले घर भित्र बसिरहेका छौं ।

हामी सबै भन्दा धेरै सामाजीक सञ्जालमा झुन्डिरहेका हुन्छौ जसमा हामिले अहिले सुन्ने हेर्ने भनेको दैनिक यती संक्रमित भए, यतीको मृत्यु भयो, नयाँ भेरिन्ट पुष्टि भए पहिलेको भन्दा बढी यो आक्रात्मक भनेर यससम्बन्धी समाचारले हामीलाई चिन्तित बनाउन सक्छ ।र यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ।एकै ठाँउमा धेरै समयसम्म बसिरहदा मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ ।

त्यो समयमा पोजेटिभ कुराहरु हेर्ने सुन्ने, परिवारसँग समय बिताउने ,साथि भाइसँग गफ गर्ने, पोजेटिभ न्युजहरु हेर्ने,कमेडी भिडियोहरु हेर्ने गरेमा मानसिक समस्याबाट टाढा बस्न सकिने डा थापा बताउछन्। कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्न र दिमागलाइ खाली नराख्न कामहरु गर्नु आवश्यक छ ।

यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने र एक्लै नबस्न सुझाव मनोविज्ञहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *