ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली विरुध आन्दोलनमा होमिन नागरिक समाजसंग काँग्रेसको गुहार

काठमाडौं,जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको भन्दै कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक सामाजलाई आह्वानसमेत गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ ।

हिजो देउवा र ओली दुवै जनाले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *