ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

“षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भयो: एकजुट होऊॅ;प्रतिवाद गरौं!”

काठमाडौं जेठ, ८ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् ।

शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि संघिय लोकतन्त्रको हित विपरि भएको भट्टराईले बताएका छन् ।

डा भट्टराईले भनेका छन् “भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो। एकजुट होऊॅ; प्रतिवाद गरौं!”

भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको डा भट्टराईको शनिबार विहान ट्वीटरमा प्रतिवादमा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *