ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज देशका अधिकांश स्थानमा बदली हुने: यस्तो छ सोमबार सम्मको मौसमको अवस्था

काठमाडौं जेठ,८ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा बदली हुने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ लगायतका भू-भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका विस्तार साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापिय क्षेत्रको प्रभाव रहेको कारण र प्रि मनसुन समेत सक्रिय भएको छ ।

भोलि देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भने छ अधिकांश भू-भागमा बदली रहने छ।

सोमबार देशका केही स्थानमा बदली हुने छ भने प्रदेश १ र बाग्मती प्रदेशका केही भू-भागमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *