ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभ्रेपलाञ्चोकमा थप पाँच स्थानीय तह १ हफ्ता सिल: उल्लंघन गरे ६ महिना अनुमति खारेजसहित ५० हजारसम्म जरिवाना हुनसक्ने

काभ्रेपलाञ्चोक जेठ, ८ । काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तह आजदेखि एक हफ्ता सिल गरिएको छ ।

संक्रमणको जोखिम तिव्र रुपमा बढेको भन्दै धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यकबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेका हुन् । बनेपा नगरपालिकाले आइतबारदेखि नै एक हप्ताका लागि सिल गरेको थियो । बनेपामा मर्निङवाक गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

धुलिखेल र पनौती नगरपालिकाले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि ४ दिनका लागि बन्द गरेको छ भने । पाँचखाल नगरपालिकाले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे ६ महिना अनुमति खारेज गरी ५० हजार जरिवानासमेत समेत बताएको छ ।
रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन सिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि सिल गरेको हो ।

सिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका मापदण्ड पालना गरि बाहिर निस्कन पाइने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *