ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

“एमालेको एकतालाई जोगाउन सकिन्छ कि भनी मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें”

काठमाडौं,जेठ ७ । एमाले नेता योगेश भट्टराईले आजको दिनलाई आफ्नो जीवनको कठिन दिन भएको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका विषयमा नेपाल पक्षकै भए पनि नेता भट्टराईले एमालेको एकतालाई जोगाउने आशाले गर्दा आफूले उक्त दाबी पेशमा हस्ताक्षर नगरेको बताएका हुन्।

भट्टराईले हस्ताक्षर नगरेको बताएका छन् । दाबी पेश गर्न भनेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन्। उनको यो दाबी पेशमा एमालेका माधवकुमार नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर समेत छ ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत भनेका छन् । ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज ।

नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *