ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

“राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ”

काठमाडौं,जेठ ७ । काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथी दागै दाग लागेको टिप्पणी गरेका छन् ।

काँग्रेस नेता गगन थापाले महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको तर भिर बाट खसेको हुँदा राम राम भन्नु पर्ने अवस्था सृजना भएको बताएक छन् थापाले सामाजिक सन्जालमा भनेका छन् l

१५३ जनाको समर्थन भएको भए सरकारले (७६) ३ को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर (७६) ५ को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने।अब फेरी जालझेल भन्दै थापाले अवैधानिक र अनैतिक कार्य भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक भएको भन्दै थापाले भनेका छन् ।

“राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ । नभए भिर बाट खस्ने लाई राम राम !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *