ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

होम आइसोलेसनमा बसेकालाइ लक्षीत गर्दै नेपाल चिकित्सक संघले सुरु गर्यौ ११५५ हटलाइन सेवा

काठमाडौं,जेष्ठ ७ । पछील्लो समय कोरोना संक्रमण बढेसँगै धेरै मानिसहरु होम आइसोलेसनमा रहेकोले नेपाल चिकित्सक संघले होटलाइन नम्बर ११५६ सुरु गरेको छ।

नेपाल चिकित्सक संघ,अमेरीका नेपाल मेडिकल फाउन्डेसन,ॐआदी फाउन्डेसन,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा,नेपाल टेलीकम र नर्डिक नेपाल मेडिकल सोसाइटीको सहकार्यमा कल सर्भीस प्रा ली को प्राविधिक सहयोग प्राप्त गरी कल सेन्टरको उद्घाटन गरीएको छ ।

यो कल सेन्टरबाट कोभीड संक्रित भइ होम आइसोलेसनमा बसेका चिकित्सक ,स्वास्थ्यकर्मी एवम अन्य नागरीकहरुलाइ आवश्यक स्वास्थय सल्लाह र उपचारप्रक्रियामा सहजीकरण गर्न टेलीफोन स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइने नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

टेलीफोन परामर्श सेवा जेष्ठ ७ गते दिउसो ३ बजेबाट बेलुका ८ बजेसम्म निशुल्क सन्चालन हुने छ ।

केही समय पछी समयावधी वृद्धि गरी २४ सै घण्टा सन्चालन हुने डा कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *